आचारसंहितामा पालना गर्न सबै दल प्रतिबद्ध

काठमाडाैं | बैशाख ९, २०७९

आचारसंहितामा पालना गर्न सबै दल प्रतिबद्ध

 

रुकुम पश्चिम, वैशाख ९ गते । रुकुम पश्चिमका राजनितीक दलहरुले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सम्बन्धिका आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । दलहरू चुनावमा निर्वाचन आयोगले बनाएका आचारसंहिता पूर्ण रूपमा पालना गर्न प्रतिबद्ध भएका हुन् । 

 

मुसिकोट स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित सबै क्रियासिल राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पालना गर्न एकमत भएको बताइएको छ । रुकुम जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले आचारसंहिता पालना गर्ने र गराउन सबै दलहरु प्रतिबद्ध भएको बताउनुभयो । छलफल कार्यक्रममा उहाँले सबै सरोकारावालाले आचारसंहितामा पालना गर्यौँ भने उल्लङ्घन हुने सम्भावना नै रहन्न भन्नुहुँदै राजनीतिक दल र सन्चारमाध्यमले आचारसंहिता पालना गर्नु कर्तव्य भएको बताउनुभयो । 

 

कार्यक्रममा आचारसंहितको कानुनी आधार, उद्देश्य, लागू हुने निकाय, राजनीतिक दलदेखि सञ्चारमाध्यम सबैले पालना गर्नुपर्ने आचरसंहिता, निर्वाचन खर्च, मौन अवधि, मतदान तथा मतगणनाका बेला पालना गर्नुपर्ने आचरण, आचारसंहिता अनुगमन तथा त्यसका अन्य व्यवस्था, राजनीतिक दल र उम्मेदवारको भूमिका, निर्वाचनसम्बन्धी कार्यक्रम, मनोनयन दाखिला, उम्मेदवारको धरौटीलगायतका विषयमा छलफल भएको थियो । निर्वाचनको लागि रुकुम पश्चिममा सात दल दर्ता भएका छन् ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्